काठमाडौं ।
गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ४ जना पक्राउ परेका छन् ।
काठमाडौंको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरु ४ जना पक्राउ परेका हुन् । पक्राउको कारण प्रहरीले खुलाएको छैन । आफना कार्यकर्ताहरु पक्राउ परेपछि प्रसाईंले केही बेरमा पत्रकार सम्मेलन गर्दैछन् ।
बिहिबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेका थिए ।















