पोखरा ।
पोखरामा जुवाखालमा छापा मार्ने क्रममा हतियारसहित एक जना पक्राउ परेका छन् ।
हिजो दिउँसो १२ बजेर ५० मिनेटको समयमा पोखरा महानगर वडा २२ चिसाखोलाका ५२ वर्षीय भेष बहादुर गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
घरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा छापा मार्न पुगेको प्रहरीले खानतलासी गर्दा कोठमा राखेको हर्नेट १ नाल हतियार र त्यसमा लाग्ने २४ राउण्ड गोली र सोही हतियारमा लाग्ने म्याग्जिन १ थान बरामद भएको छ ।
भेष बहादुरको घरबाट जुवा खेलिरहेका ६ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा वडा २२ चिसापानी फूस्रेखोलाका ५२ वर्षीय भेषबहादुर,वडा १० अम्मरसिंहचोकका ३८ वर्षीय बलराम श्रेष्ठ, डा ९ पृथ्वीचोकका २८ वर्षीय सुरेन्द्र शाह, वडा १५ रामबजारका दिपेन्द्र सेन, वडा २६ विजयपुरका ४१ वर्षीय खम्ब सिंह राना, वडा २६ बुढिबजारका डोर बहादुर गुरुङ रहेका छन् ।
जवाखालबाट ८२ हजार ९९० रुपैया, १६ थान कौडा, जुवा खालमा बिच्छाएको रातो सेतो गलैचा १ थान, कालो रंगको मण्डी १ थान,जुवा खेलाउनको लागी जमिनमा खाडल खनेर लाईनको तार समेत जडान गरेको गोलाकार सेन्सर मेसिन (अर्थिङ बक्स) १ थान,रातो रंगको डिजिटल स्टेप्लाईजर १ थान,डिजिटल स्टेपलाईजरबाट जडान गरी जुवा खालमा हेर्न मिल्ने गरी रातो र निलो सेन्सर लाईट जडान गरेको रातो पहेलो रंगको तार १४ मिटर र रिमोट २ थान बरामद भएको प्रहरीले जनाएको छ ।














