सुरु भयो केपी ओली कप क्रिकेट : उद्घाटनमा ओलीको बलिङ र ब्याटिङ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा केपी ओली कप क्रिकेट कप सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतियोगिताको उद्घाटन गरेसँगै सुरु भएको हो । अध्यक्ष ओलीले ब्याटिङ गर्दा उपाध्यक्ष बिष्णु पौडेलले बलिङ गरेका थिए। त्यसपछि ओलीले पनि बलिङ गरे ।

उनको बलिङमा उपाध्यक्ष पौडेलले ब्याटिङ गरेका थिए । मदन भण्डारी रातोले टस जितेर फिल्डिङ रोज्दा बागमतीले ब्याटिङ सुरु गरेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी छन् ।प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई टोली हुनेछन् ।

 सहभागीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता सेमिफाइनलमा पुग्नेछ । च्याम्पियन टोलीले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०/२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

प्रतियोगिता हेर्न क्रिकेट रंगशालामा अस्थायी प्यारापिट बनाइएको छ । साढे ५ सय दर्शक अट्ने प्यारापिटमा निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

  • ७ मंसिर २०८०, बिहीबार १४:०८ प्रकाशित