जनकपुरधाम ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेको बताएका छन् ।
पर्साको पोखरीयामा नेकपा एमालेले आमसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वार्थ पूर्तिका लागि जनतालाई भिडाउने काम एमालेले नगर्ने बताए । उनले एमाले सबैलाई एकताबद्ध गरेर राष्ट्र निर्माण गर्ने अभियानमा लागेको बताए ।
उनले भने, ‘सबैले छोरा-छोरी पढाउन पाउनुपर्छ । मुसहर, मुस्लिम, साह, यादव, गरिब, दलित सबैले पढ्न पाउनुपर्छ । अनि जातको कुरा गरेर के अर्थ ?’
उनले जातको नभएर परिवर्तन, विकास, एकता र देशको कुरा गर्नुपर्नेमा जोड दिए । ‘विद्यालय र क्याम्पस जातको बन्दैन्, मान्छेले नबुझेर मात्र जातको कुरा गर्छन्’, उनले भने ।