पुरानो राष्ट्रिय गान बजाएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध जाहेरी

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

जनकपुरधामस्थित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको भन्दै गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईंविरुद्ध धनुषा प्रहरीमा जाहेरी दर्ता भएको छ ।

‘हिन्दू सम्राट सेना धनुषा’ले कात्तिक २८ मा आयोजना गरेको कार्यक्रममा दुर्गा प्रसाईं प्रमुख अतिथि थिए । उक्त कार्यक्रममा प्रसाईंको निर्देशनअनुसार पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली‘’ बजाइएको थियो ।

प्रसाईंले ‘राष्ट्रिय गानको अपमान गरेर अपराध गरेको’ भन्दै प्रसाईंविरुद्ध यूवा संघ नेपाल धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन् ।

कुनै पनि व्यक्तिलाई संबिधान तथा कानून प्रतिकुल हुने काम गर्न छुट नदिएको भन्दै प्रसाईंलाई हदैसम्म कैद तथा जरिबाना गर्न माग गरिएको छ ।

  • ५ मंसिर २०८०, मंगलवार १६:४८ प्रकाशित