पोखरा ।
पोखरामा हुने केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।
सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब तथा मदन भण्डारी स्पोसर्ट एकेडेमीको २ टिम गरी १२ टिमको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा टी-२० क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउनेछन् ।यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०र२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।
प्रतियोगिता हेर्न क्रिकेट रंगशालामा अस्थायी प्यारापिट बनाइएको छ । साढे ५ सय दर्शक अट्ने प्यारापिटमा निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।