चिसोका कारण जाजरकोटमा हालसम्म आठ भूकम्प प्रभावितको ज्यान गयो

केन्द्रभाग मिडिया

जाजरकोट ।

चिसोका कारण जाजरकोटमा आठ जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका दीर्घ रोगी तथा बिरामी रहेकाहरू बढी प्रभावित भएका छन् ।

दीर्घ रोगी तथा बढी बिरामी भएकाहरू चिसोका कारण थप समस्यामा परेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जानकारी दिएको छ ।अहिले सम्म आठ जानको ज्यान गइसकेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए ।

त्रिपालभित्रको बसाइ र अत्यधिक चिसोको कारण भूकम्प प्रभावितहरू बढी समस्यामा रहेको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घ रोगी र वृद्ध वृद्धा बढी प्रभावित भएका छन्। बालबालिका र वृद्ध वृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ।

  • ४ मंसिर २०८०, सोमबार १२:२८ प्रकाशित