एकताको विकल्प छैन, बाबुराम र विप्लवजीसँग एकता हुन्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताको विकल्प नभएको बताउँदै पूर्व माओवादी बाबुराम भट्टराई र विप्लवसँग एकता हुने बताएका छन् ।

पूर्वमाओवादीहरुबीच विगतको जस्तो विभाजित भएर नभइ एकताका साथ अगाडि बढ्ने विषयमा छलफल भएको बताउँदै प्रचण्डले सो कुरा बताएका हुन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ विशेष रुपान्तरण अभियानअन्तर्गत रुकुम पूर्वको पुथा उत्तरगङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पटकपटक पार्टी विभाजन हुँदा कार्यकर्ता र सहिद तथा घाइते परिवारमा निराश छाएको बताए ।

माओवादी फुटेपछि जनयुद्धमार्फत प्राप्त भएको उपलब्धि हराउँदो रहेछ भन्ने परेकाले एकताको विकल्प नभएको उनको भनाइ छ ।

  • ३ मंसिर २०८०, आईतवार १६:१६ प्रकाशित