पर्वतमा आगोमा परेर एक वृद्धको ज्यान गयो

केन्द्रभाग मिडिया

पर्वत ।

जिल्लाको कुश्मा नगरपालिकाकामा एक पुरुषको आगोमा परेर मृत्यु भएको छ । कुश्मा नगरपालिका–१० समादी बस्ने ६९ वर्षीय लालबहादुर नेपालीको आगोले जलेर शुक्रबार मृत्यु भएको हो ।

भान्सा कोठामा अगेनाको छेउमा रहेको खाटमा सुतेका उनी खाटबाट खसेर अगेनामा परी जलेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सो घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

  • १ मंसिर २०८०, शुक्रबार १४:०९ प्रकाशित