काठमाडौं ।
सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको ज्यान गएको छ ।
दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।
बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताए ।
बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको डीएसपी दाहालको भनाइ छ ।पोष्टमार्टमपछि थप अनुसन्धान हुने डीएसपी दाहालले बताए ।














