गण्डकी प्रदेश भलिबल टिमका सदस्य सन्तोषको दुर्घटनामा परि निधन

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापा मगरको मोटरसाइकल दुर्घटनमा परेर निधन भएको छ ।

स्थानीय भलिबल प्रतियोगीतामा भाग लिएर फकिर्ने क्रममा मंगलबार राती दुर्घटनामा परेर सन्तोषको ज्यान गएको हो । सन्तोष स्याङ्जा चापाकोट नगरपालिका २ धुर्कोट फर्कने क्रममा बीच बाटोमा दुर्घटनामा परेका थिए ।

उपचारको क्रममा २२ वर्षीय सन्तोषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

  • ३० कार्तिक २०८०, बिहीबार १०:५७ प्रकाशित