उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

काठमाडौं ।

देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहे पनि उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

  • ३० कार्तिक २०८०, बिहीबार १०:१५ प्रकाशित