काठमाडौँ ।
सरकारले सांसद विकास कोषको रकम भूकम्प पीडितको राहत, पुनःस्थापना र अस्थायी आवास निर्माणमा खर्चिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सांसद विकास कोषको झण्डै ८ अर्ब र दातृ निकायहरुको सहयोग समेत गरेर १० अर्बको कोष निर्माण गर्ने निर्णय गरेको श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले जानकारी दिए ।
सांसद विकास कोषको रकम खर्च नगर्न सर्वोच्चमा मुद्दा परेको थियो । योसँगै सरकारलाई उक्त कोषको रकम भुकम्प पीडितका लागि खर्च गर्न बाटो खुलेको छ । साथै बैठकले भुकम्प पीडितको सहयोगका लागि अन्तराष्ट्रिय दातृ निकायलाई सहयोगका लागि आहन गर्ने भएको छ ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा बढी क्षति भएको थियो ।