नवलपुरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ ।
मृतकमध्ये चालकको पहिचान खुलेको छ भने अरूको सनाखत भएको छैन । थप एकजना गम्भीर घाइते भएका छन् । बुलिङटारबाट नवलपुरतर्फ जाँदै गरेको ग १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका ८ मोडमा रहेको एउटा घरमा ठोकिएको हो ।
नवलपुर जिल्ला प्रहरीको अनुसार जिप एकदमै ओभरस्पिडमा गुडेको देखिएको छ । मृतकको सनाखत नभएको नवलपुर प्रहरीका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिएका छन् ।
मृतकमध्ये ३ जना पुरुष र ३ जना महिला छन् । बौंदीकाली गाउँपालिका ६ माझडाँडाका चालक छनबहादुर आलेको पहिचान खुलेको छ । थप विवरण आउन बाँकी छ ।














