लक्ष्मी पूजाको दिन आज कति छ विदेशी मुद्रा विनिमयदर ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६३ रुपैयाँ २१ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ७८पैसा र बिक्रीदर ८ रुपैयाँ ८२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८ रुपैयाँ ३३ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६३ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ २६ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ ।

 

  • २६ कार्तिक २०८०, आईतवार १०:०१ प्रकाशित