काठमाडौँ महानगरले माग्यो करार कर्मचारी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ ।

फुड टेक्नोलोजिस्ट, माइक्रो बायोलोजिस्ट, मेडिकल अधिकृत गरी ३२ जनाका लागि महानगरले आवेदन आव्हान गरेको हो ।योग्यता पुगेका उम्मेदवारले मङ्सिर २३ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । आवेदन अनलाइनमार्फत नै दिन सकिनेछ ।

  • २४ कार्तिक २०८०, शुक्रबार ०९:१८ प्रकाशित