पोखरा ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० ले पोखराको कृषि, पर्यटन र आइटी क्षेत्रको विकासलाई सहयोग गर्ने भएको छ । महानगर र युएसएडबीच प्राविधिक सहयोग गर्ने समझदारी भएको हो ।
समझदारी पत्रमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र यूएसएआईडीको तर्फबाट परियोजना प्रमुख एगनेस लुजले हस्ताक्षर गरे । सम्झौता अनुसार पोखरालाई पर्यटकीय हबका रूपमा विकास गर्न सहयोग पुर्याउने गरी युएसएआइडी टी एन्ड सिले २ वर्षसम्म प्राविधिक परामर्श दिनेछ ।
यस अवधीमा पर्यटन क्षेत्रमा सार्वजनिक लगानी वृद्धिका लागि आवश्यक कार्य योजना सहित खाका तयार गरिनेछ । यहाँका पर्यटन व्यवसायले सामना गरिरहेका चुनौती र समस्यालाई सम्बोधन गर्न आवश्यक प्राविधिक तथा परामर्शात्मक सहयोग समेत युएसएआइडी टी एन्ड सिले प्रदान गर्नेछ । समझदारी अनुसार पर्यटन विकासमा आवश्यक प्रशिक्षण, लगानी फोरमहरू, बजारीकरण र प्रचारप्रसारका कार्यक्रमहरू पनि गरिनेछन् । यसको कार्यान्वयन भने सहरी योजना आयोगको सहजिकरणमा हुनेछ ।
महानगरले लामो समयदेखि पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न निकै मेहनत गरेको छ । पूर्वाधार बनेपछि अभियानमा थप सहयोग पुग्ने मेयर आचार्यले बताए ।