अर्को पेसी मंसिर २४ गते

सन्दीपविरुद्धको मुद्दामा अदालतले माग्यो बहस नोट

केन्द्रभाग मिडिया

काठमाडौं ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा अदालतले बहस नोट पेश गर्ने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले मंसिर २२ सम्म बहस नोट माग्न आदेश गरेका हुन् । त्यस्तै मंसिर २४ गतेलाई अर्को पेसी तोकिएको छ ।

बहसलाई छोट्याउन न्यायाधीशले बहस नोट माग्ने गर्छन् ।सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन ।

२०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक(पटक सर्दै आइरहेको थियो । त्यस्तै जिल्ला अदालतमा न्यायाधीश अभावमा पेशी चढे पनि स्थगित भएको थियो ।

काठमाडौं जिल्ला अदालतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो ।

  • २३ कार्तिक २०८०, बिहीबार १७:२३ प्रकाशित