जाजरकोट भुकम्पको क्षति विवरण

जाजरकोटमा ९ हजारभन्दा बढी घर पूर्णरुपमा क्षति

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जाजरकोट भुकम्पको क्षतिबारे तथ्यांक संकलनको काम जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले जारी गरेको तथ्यांक अनुसार जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको छ।

प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो । यस्तै कुल ३४ हजार ५०१ घरधुरीका १ लाख ७९ हजार ८९३ जनसंख्या भूकम्पबाट प्रभावित भएको प्रशासनले जनाएको छ । जसअनुसार ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंखया विस्थापित बनेका छन् ।

भूकम्पबाट ९९ जना घाइते हुँदा १०१ जनाको मृत्यु भएको छ । भौतिक क्षतिको प्रारम्भिक द्रुत सर्वेक्षण प्रतिवेदनका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको प्रशासनको भनाइ छ ।

 

  • २२ कार्तिक २०८०, बुधबार १०:३९ प्रकाशित