जाजरकोटका भूकम्प पीडितको राहत लिएर चिनियाँ जहाज पोखरा आउँदै

केन्द्रभाग मिडिया

पोखरा ।

चिनियाँ जहाज जाजरकोटका भूकम्प पीडितको राहत लिएर पोखरा आउँदै छ ।

चीन सरकारले दिने सहयोग सामग्री लिएर दुई वटा चिनियाँ सेनाको जहाज आज पोखरा आउने भएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सवा ९ बजे जहाज ल्यान्ड हुनेछ ।

यहाँबाट नेपाली एयरलाइन्स कम्पनीले कर्णाली लैजाने छ ।विमानस्थल प्रवक्ता जसोदा रेग्मीले दुई वटा जहाज आउने पुष्टि गरिन् । जहाजमा सामान ल्याउने भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि पोखरा आउँदै छन् । चिनियाँ राजदूत छन सोङले सामान गृहमन्त्रीलाई हस्तान्तरण गर्ने बुझिएको छ ।

चीनले १० करोड बराबरको सामग्री सहयोग गर्ने घोषणा यसअघि नै गरेको छ । चीनको छेन्दुबाट जहाज उड्नेछ ।

  • २२ कार्तिक २०८०, बुधबार ०७:५२ प्रकाशित