नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा ९० प्रतिशत मानसिक रोगीहरुले मानसिक स्वास्थ्योपचारबाट वञ्चित भएको मनोचिकित्सकहरुले बताएका छन् ।

मंगलवारबाट काठमाडौंमा शुरु भएको १४ औं सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरुले यस्तो तथ्यांक रहेको बताएका हुन् । उनीहरुले सार्क राष्ट्रमा मानसिक स्वास्थ्यको उपचारबाट वञ्चित हुनेहरु करिव ८४ प्रतिशत रहेको बताए ।

उनीहरुले आत्महत्याको तथ्यांक हेर्दा एशियामा जनसंख्याको हिसावले सबैभन्दा धेरै भारतमा हुने गरेको बताएका छन् । मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रुपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरु ८४ प्रतिशत रहेको बताए । उनले नेपालमा करिव ९० प्रतिशत मानसिक रोगीहरु उपचारबाट वञ्चित रहेको बताए ।

  • २१ कार्तिक २०८०, मंगलवार १६:४७ प्रकाशित