भूकम्पपीडितका लागि माओवादीले पनि बुझायो ५० लाखको चेक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले पनि भूकम्पपीडितहरूको राहतका लागि रकम प्रदान गरेको छ ।

उपाध्यक्ष पम्फा भुसालसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी ५० लाखको चेक हस्तान्तरण गरेको छ ।

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि आजै नेपाली कांग्रेसले ५० लाख र नेकपा एसले २५ लाखको चेक हस्तान्तरण गरिसकेको छ ।

  • २१ कार्तिक २०८०, मंगलवार १६:३७ प्रकाशित