कांग्रेस गण्डकीका सांसदले १५ दिनको तलब भूकम्प प्रभावितलाई दिने

केन्द्रभाग मिडिया

नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले १५ दिन बराबरको तलब भूकम्प पीडितलाई दिने भएका छन्।

कांग्रेस संसदीय दलको मंगलबार बसेको पदाधिकारी बैठकले नेपाली कांग्रेस केन्द्रीय राहत कोषमार्फत् भूकम्प पीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरिएको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए।

कांग्रेस गण्डकी संसदीय दलले भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त भूकम्प प्रभावितहरुलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोध पनि गरेको छ।

भूकम्प पीडितको लागि यसअघि नै गण्डकी सरकारले १ करोड रुपैयाँ सहयोग दिने निर्णय गरिसकेको छ भने स्वास्थ्यकर्मीसहितको टोली प्रभावित क्षेत्रमा पठाएको छ।

  • २१ कार्तिक २०८०, मंगलवार १५:५७ प्रकाशित