जाजरकोट ।
पोखरामा महशुस हुने गरि आएको भुकम्प फेरि पनि जाजरकेटकै रामिडाँडा केन्द्र भएर गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्प मापन केन्द्रको अनुसार आज सोमबार अपरान्ह फेरि अर्को ५.८ म्याग्नेचियुडको भुकम्प गएको हो ।
फेरि भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । शुक्रबार गएको भूकम्पको त्रास नसकिँदै सोमबार अपराह्न अर्को भूकम्प गएपछि त्रास फैलिएको हो ।
सोमबार बेलुका चार बजेर ३४ मिनेटमा गएको भूकम्पको धक्का पोखरासम्म महशुस भएको थियो । सोमबार पुनः भूकम्प गएपछि जाजरकोटमा त्रास फैलिएको छ । मानिसहरु घरबाट बाहिर निस्केर सुरक्षित स्थानतर्फ हिँडेको बताइएको छ ।















