पोखरामा भुकम्पको धक्का महशुस

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा भुकम्पको धक्का महशुस भएको छ । ४ बजेर ३४ मिनेटको समयमा भुकम्पको धक्का महशुस भएको हो । पुरा विवरण आउन बाँकी छ ।

जाजरकोटमा शुक्रबार राती गएको भुकम्पको पराकम्प जाने क्रम जारी छ । अहिले कहाँ सेन्टर भएर भुकम्प गएको विवरण आइसकेको छैन ।

गत शुक्रबार राति जाजरकोटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि सोमबार बिहानसम्म ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकांश परकम्पहरू भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडा आसपास गएका छन् ।

  • २० कार्तिक २०८०, सोमबार १६:३७ प्रकाशित