काठमाडौँ । गत शुक्रबार राति जाजरकोटमा गएको ६।४ म्याग्निच्युडको भूकम्पपछि सोमबार बिहानसम्म ३ सय ८२ वटा स–साना परकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । अधिकांश परकम्पहरू भूकम्पको केन्द्रबिन्दु रहेको रामिडाँडा आसपास गएका छन् ।
शुक्रबार रातिको भूकम्प यता ४ म्याग्निच्युड माथिका सातवटा परकम्प गएका छन् । कार्तिक १८ गते ४।५, ४।२, ४।३, ४।६ र ४।२ म्याग्निच्युडको भूकम्प गएको थियो । कार्तिक १९ गते ४ र ४।१ म्याग्निच्युडका दुई परकम्प गएको थियो ।















