युरो र पाउण्डको भाउ बढ्दा आज डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३२ पैसा रहेको छ ।हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४१ रुपैयाँ १७ पैसा थियो।

आज डलर एकको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६५ रुपैयाँ २९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६३ रुपैयाँ १५ पैसा थियो।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २९ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ११ पैसा र बिक्रीदर २८ रुपैयाँ २४ पैसा रहेको छ ।

  • २० कार्तिक २०८०, सोमबार १०:१७ प्रकाशित