काठमाडौँ ।
जाजरकोटमा भूकम्पका कारण ज्यान गुमाएका ९२ जनाको सनाखत भएको छ । सनाखत गरिएका मध्ये ६८ जनाको शव आफन्तलाई जिम्मा लगाइएको जाजरकोटका डिएसपी सन्तोष रोकाले बताएका छन् ।
रामिडाडाँ केन्द्रबिन्दु भएर गएको भूकम्पकाका कारण जाजरकोटको भेरी नगरपालिकास्थित खलंगा बजार र नलगाढ नगरपालिकामा धेरै क्षति पुगेको छ ।














