सुगमले अस्ट्रेलियामा दर्शकलाई माइकले झटारो हानेको भिडियो भाइरल

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चर्चित गायक सुगम पोखरेलले एक साङ्गीतिक कार्यक्रममा दर्शकलाई माइक्रोफोनले झटारो हानेको भिडियो भाइरल बनेको छ । उनले अस्ट्रेलियाको एडलेडमा आयोजित कन्सर्टमा दर्शकलाई माइक्रोफोनले हानेका हुन् ।

उनले दर्शकलाई माइक्रोफोनले हानेको भिडियो अहिले सामाजिक सञ्जाल, फेसबुक, टिकटकदेखि युट्युबसम्म भाइरल भएको छ । उक्त भिडियोका कारण उनलाई सकारात्मक, नकारात्मक प्रतिक्रिया दिनेको सङ्ख्या बढ्दो छ ।

भिडियो हेर्दा सुगम नसामा मातेको पनि देख्न सकिन्छ । भिडियोमा उनले स्टेजबाट एक पटक झिल्के भन्न अनुरोध गर्छन् । त्यसपछि उनले त्यहाँ (अस्ट्रेलिया) पहिलोपटक आएको कुरा गर्छन् र नेपाल भन्छन् ।

त्यसलगत्तै नेपालमा भूकम्प गएको र भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या भन्छन् । त्यसपछि गुमाएकाको सम्झनामा मौन धारण गर्न पटक पटक अनुरोध गर्छन् । मौन धारणमा दर्शकले खासै चासो नदिएपछि उनले स्टेजबाट ओर्लिएर एक दर्शकलाई तारगेट गर्दै माइक्रोफोनले झटारो हानेको देख्न सकिन्छ ।

उनको त्यो क्रियाकलापमा सुरक्षा गार्डले अवरोध गरेर पुनः स्टेजमा फर्काएको देख्न सकिन्छ । स्टेज फर्केपछि उनले पुनः स्टेजबाट केही टिपेर दर्शकलाई हानेको देख्न सकिन्छ ।

स्टेजमा दर्शकलाई माइक्रोफोनले हानेको भिडियोका कारण आलोचना भइरहेका बेला उनले सामाजिक सञ्जालमा लाइभमार्फत नेपाली समाज संवेदनाहीन भइरहेको हो र रु भनेर प्रश्न गरेका छन् ।

‘देशलाई भूकम्पले गर्दा दुखिरहेको छ । देशलाई दुख्दा मलाई दुख्छ म नेपाली कलाकार हो । तपाईँले गर्दा भएको हो । हिजोको कार्यक्रम मौन धारण गरौँ भनेको थिए । त्यहाँ भिडियोमा देख्न सक्नुहुन्छ । एक्सनको रियाक्स त्यसको कारणले हो’ उनले अगाडि भनेका छन्, ‘कसैको नेपाली मनलाई चित्त दुखाए भने क्षमा चाहन्छु । जहिले पनि नेपाली सङ्गीतको सेवा गर्नेछु ।’

  • १९ कार्तिक २०८०, आईतवार १४:२६ प्रकाशित