पोखरा ।
नेपालले आइसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानसामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कप्तान रोहित पौडेल र अलराउण्डर गुल्सन झाको अर्धशतक मद्दतमा घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको हो ।
कप्तान रोहित पौडेल ५२ र करण केसी २० रनमा नटआउट रहे। कप्तान रोहितले ३७ बलमा ५ चौका र २ छक्का मद्धतमा ५२ रनमा अविजित रहे। रोहितले ३६ बलमा ५ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरे। टी २० आइमा रोहितको यो पाचौं अर्धशतक हो । ६ बलमा १ चौका र २ छक्का हानेका करण २० रनमा नटआउट रहे।
पाचौं विकेटका लागि गुल्सन झा कप्तान पौडेलले ७८ रनको साझेदारी गरे । नेपालका लागि गुल्सन झा ले सर्वाधिक ५४ रनको योगदान दिए। २५ बलमा ५ चौका र ४ छक्का हानेका गुल्सन विलाल खानको बलमा शकिल हमिदको हातबाट क्याच आउट भए।
टी २० आईमा पहिलो अर्धशतक पूरा गर्ने क्रममा गुल्सनले २० बलमा ५ चौका र ४ छक्का मद्धतमा अर्धशतक पूरा गरे। ओपनर कुशल भुर्तेल ३१ रनमा क्याच आउट भए। आठौ ओभरको पहिलो बलमा कुशल ३१ रन बनाएर क्याच आउट भए । २२ बलमा ३ चौका र २ छक्का हानेका कुशल अकिब इलियासको बलमा मेहरन खानको हातबाट क्याच आउट भए ।
सन्दीप जोरा १० रन बनाएर पवेलियन फर्के। दशौं ओभरको अन्तिम बलमा कुशल मल्ल बोल्ड आउट भए। तेस्रो ओभरको चौथो बलमा आशिफ शेखलाई गुमाएको थियो । ६ रन बनाएका आशिफ विलाल खानको बलमा कश्यक प्रजापतिको हातबाट क्याच आउट भए। विवेक यादव १ रनमा क्याच आउट भए।
ओमानका लागि विलाल खान एक्लैले तिन विकेट लिए। अकिब इलियास दुई विकेट झारे।