काठमाडौँ ।
सरकारले भूकम्पबाट घाइते भएकाहरुको निशुल्क उपचार गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सवैलाई निशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।
त्यसका लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको सरकारले जनाएको छ । साथै घाइतेहरुको रेस्क्यु लगभग सकिएकाले अव पीडितहरुको व्यवस्थापनमा सरकारले ध्यान दिने उनको भनाइ छ ।
बैठकमा भूकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले जनाएका छन् । ‘पहिला ३ लाख दिइएको हो । त्यसमा केही बढाउने कुरा छ’, मन्त्री बस्नेतको भनाइ छ । उनले भूकम्प पीडितलाई तत्काल आवश्यक टेन्ट, पाललगायतका सामग्री अभाव हुन नदिने पनि बताए ।