कोरीया जाने टोलीमा महानगरले निजी क्षेत्र समावेश नगरेकोमा यातायात व्यवसायी असन्तुष्ट

केन्द्रभाग मिडिया

 

पोखरा ।
कोरियामा आयोजित हरित यातायात सम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन गएको पोखरा महानगरको टोलीमा निजी क्षेत्रलाई समावेश नगरेको भन्दै यातायात व्यवसायीले असन्तुष्टि पोखेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका संयोजक केदारप्रसाद पौडेलले यातायात क्षेत्र व्यवस्थापनको अध्ययन गर्न पोखरा महानगरपालिकाको जम्बो टोली जाँदा एक जना पनि व्यवसायी समावेश नगरको केन्द्रखबरको नियमित प्रस्तुति केन्द्र फोकसमा कुराकानी गर्दै यस्तो असन्तुष्टि पोखेका हुन् ।

हरित यातायात प्रणाली विकास परियोजना बारे कोरियाली रेलमार्ग अनुसन्धान संस्थान (केआरआरआई) द्वारा आयोजित कार्यक्रममा सहभागी हुन महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको नेतृत्वमा जनप्रतिनिधि सहित ९ सदस्यीय प्राविधिकहरूको टोली हाल कोरियामा छ । उक्त टोलीमा व्यवसायी समावेश नगरेकोमा पौडेलले गुनासो गरेका हुन् । महानगरले यातायात क्षेत्रसंग असम्बन्धित कर्मचारी टोलीमा समावेश गर्ने तर यातायात व्यवसायीलाई नलैजाँदा यातायात क्षेत्रमा उसको दृष्टिकोण प्रष्ट भएको उनको टिप्पणी छ ।

महानगरको टोलीमा टोलीमा प्रमुख प्रशासकीय अधिकृत थापा सहित कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, महानगरपालिकाको यातायात व्यवस्थापन समितिका उपाध्यक्ष अमृत शर्मा तिमिल्सीना, ई.सुरेन्द्र पौडेल, ई.ध्रुवराज भट्टराई, लेखा अधिकृत अर्जुन बराल, योजना अनुगमन महाशाखा प्रमुख कृष्ण तिवारी, ई।सुदिप दवाडी र सूचना प्रविधि अधिकृत सुवास ढुङ्गाना रसहभागी छन् ।

टोली अक्टोबर ३० देखी नोभेम्बर ०४ सम्म केआरआरआई र सम्बन्धित सरकारी संस्थाहरूद्वारा कोरियामा आयोजित कोरियाली सहरहरूमा हरित यातायात व्यवस्थापन र यस सम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी सहभागी भएका हुन्।

  • १८ कार्तिक २०८०, शनिबार ११:२५ प्रकाशित