सर्वोच्च अदालतको फैसलाले साहस दिएको छ : भारती

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सर्वोच्च अदालतले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले योगराज ढकाल ९रिगल०लाई दिएको आममाफी बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धर (शेर्पा)ले आफूलाई थप सासह प्राप्त भएको बताएकी छन् ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूलाई धेरै बाधा, डर त्रास, धम्की र पैसाका बार्गेनिङहरु आएपनि अन्ततः न्याय पाएको बताइन् । उनले कुनैपनि लोभ लालचमा नलागीकन सबैले आफूलाई सहयोग गरेकाले न्याय मिलेको बताइन् । उनले अन्यायमा परेका महिलालाई आफ्नो यस कामबाट प्रेरणा मिल्ने आशा गरेको बताइन् ।

उनले भनिन्, ‘बीचमा धेरै बाधाहरु आए, धेरै डर त्रास, धम्की र पैसाका बार्गेनिङ आए । तर मेरो टिमले मेरो साथ छोडेन । होइन भने मेरो कुनै भिडियो बनाएर दिए पैसाको बिटो दिन्छौँ भनेका थिए । अन्यायमा परेको महिलालाई बाटो दे, अरु महिलाले पनि साथ पाए न्याय पाउँछन् भनेर कुनै स्वार्थमा नलागि लाग्नुभयो । पीडा नपरेको मान्छेलाई हो मा हो भन्ने तर साथ नदिने रहेछन् । म पछि हटे म जस्ता पीडित महिला धेरै छन्, म पछि हट्नु हुँदैन भनेर अघि बढेँ ।’

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा कैद भुक्तान गरिरहेको ढकाललाई सरकारले गत संविधान दिवसको अवसरमा आममाफी दिएको थियो । रिगलको आममाफीबिरुद्ध चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट निवेदन दिएकामा बिहीबार अदालतले हत्याका दाषीलाई जेल पठाउने फैसला गरेको थियो ।

  • १७ कार्तिक २०८०, शुक्रबार १६:३७ प्रकाशित