गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ हुग्दी खोला किनारमा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीको अनुसार चन्द्रकोट–५ निवासी १५ वर्षीया मनिषा रुचालको शव भेटिएको हो । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेको बताइएको छ ।
मनिषाकी आमाका बिहीबार दिउँसो ११ बजेतिर खेतमा काम गरिरहेकाहरुलाई सुर्ति किनिदिन भन्दै उनी पसलमा गएकी थिइन् । अबेलासम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनी शुक्रबार बिहान मृत फेला परेकी हुन् ।














