साताको अन्तिम आज विदेशी मुद्रा विनिमयदरको मूल्य (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८९ पैसा थियो।आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७७ पैसा रहेको छ ।

आज १० जापानी येनको खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ९७ पैसा र बिक्रीदर २८ रुपैयाँ १० पैसा रहेको छ ।

  • १७ कार्तिक २०८०, शुक्रबार ०९:३३ प्रकाशित