प्रधानाध्यापक हत्या प्रकरण : ५ आरोपी सार्वजनिक

केन्द्रभाग मिडिया

काठमाडौं ।

बाराको कलैया उपमहानगरपालिका–६ स्थित एक निजी विद्यालयका प्रधानाध्यापक गुड्डु भनिने रुपेश स्वर्णकारको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

विवाहेत्तर प्रेम सम्बन्धका कारण स्वर्णकारको हत्या भएको निष्कर्षसहित प्रहरीले २२ वर्षीया राधा गुप्तासहित स्थानीय ३४ वर्षीय जामिल अख्तर, कलैया–९ का रियाज अन्सारी, भारतीय नागरिक चन्दन कुमार र अभिनव कुमार राजपुतलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार राधा र मृतक रुपेशबीच प्रेम सम्बन्ध थियो ।

भारतीय नागरिक चन्दन र अविनवलाई प्रहरीले सुटर समूहको सदस्य भनेको छ भने राधा गुप्ता मुख्य योजनाकार भनेको छ । चार जनै सुटरहरु भने फरार छन् । सुटरहरु पनि भारतीय नागरिक हुन् ।

जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार, हालसम्मको अनुसन्धानले पक्राउ परेकी गुप्ता विगत ३ वर्षदेखि भारत बस्ने मनोज गुप्तासँग प्रेम सम्बन्धमा रहेको खुलेको छ । त्यही विषयमा मनोज र मृतक रुपेशबीच तीब्र विवाद भएको प्रहरी निष्कर्ष छ । त्यही झगडामा स्वर्णकारलाई गोली हानेर हत्या गरिएको प्रहरीले निष्कर्ष निकालेको छ ।

  • १५ कार्तिक २०८०, बुधबार १६:५९ प्रकाशित