पोखरा ।
पोखरा–३० खुदी नहर चोकमा नयाँबजारमा रहेको सिटिजन सहकारीको बजार प्रतिनिधि माथि लुटपाट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रतिनिधिले चलाउदै गरेको स्कुटरबाट नगदसहितको झोला लुटेर पल्सर मोटरसाइकलमा गएका चोर फरार भएको उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवण कुमार वि.क. ले जानकारी दिए । चोरले बजार प्रतिनिधिमाथि आक्रमण गर्दा घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते बजार प्रतिनिधिलाई उपचारका लागी तालचोक स्थित माछापुच्छ्रे पोलिक्लिनिक लगिएको छ । उनको नाम खुलाईएको छैन । घाईतेको स्कुटरमा रहेको सिटिजन सहकारी नयाँबजारको केही पास बुक र चेकसंगै स्कुटर प्रहरीले राखेको छ । पैसा कति चोरी भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।














