राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने आफ्नो औपचारिक भ्रमण सकेर आज न्युयोर्क फर्किँदै छन् ।

महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए ।

नेपाल भ्रमणमा रहेका उनले मंगलबार संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गरेका थिए ।

त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए ।

नेपाल बसाइका क्रममा महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका थिए ।

  • १५ कार्तिक २०८०, बुधबार ०८:२३ प्रकाशित