इजरायलले भन्यो : ‘हामी युद्ध विराम गर्दैनौँ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

इजरायलका प्रधानमन्त्री विन्यामिन नेतन्याहुले हमासविरुद्धको युद्ध विराम गर्न अस्वीकार गरेका छन् । इजरायलमाथि युद्ध विराम रोक्न दबाब परिरहेका बेला प्रधानमन्त्री नेतन्याहुले युद्ध विरामको सम्भावना नरहेको बताएका हुन् ।

उनले टेलिभिजन सम्बोधनमार्फत् भनेका छन्, ‘युद्धविराम गर्न भन्नु हमासको अगाडि, आतंकवादको अगाडि आत्मसमर्पण गर्न भन्नु हो ।’

इजरायलमा ७ अक्टुबरको दिन प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गर्दा १० नेपालीहरुसहित १४ सय जना मारिएका थिए । त्यसलगत्तै इजरायलले युद्धको घोषणा गर्दै हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा हवाई र स्थल आक्रमण जारी राखेको छ ।

उक्त आक्रमणबाट बालबालिकासहित सर्वसाधारणहरुसहित ८ हजारभन्दा धेरै मारिएपछि इजरायललाई युद्ध रोक्न दबाब छ । लाखौं नागरिक विस्थापित भएका छन् ।

  • १४ कार्तिक २०८०, मंगलवार १०:४५ प्रकाशित