संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

तीन दिने औपचारिक नेपाल भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्दैछन् ।

महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद सचिवालले जनाएको छ ।महासचिव गुटेरेसले सम्बोधन गर्ने भएपछि सभामुख देवराज घिमिरेले सोमबार बेलुका नै सभा कक्षको कक्षको निरीक्षण गरेक थिए ।

सभामुख घिमिरेले यसअघि नै सांसदहरूलाई बैठक सुरु हुनुअघि पौने ४ बजेभित्र औपचारिक पोशाकमा संसदमा उपस्थित भइसक्ने सांसदहरूलाई निर्देशन दिइसकेका छन् ।

गुटेरेसले सम्बोधन गर्ने भएकोले आजको संसदमा संवैधानिक निकायका पदाधिकारीलगायत अन्य उच्च पदस्थ व्यक्तिहरूलाई पनि संसदमा उपस्थितका लागि निमनत्रणा दिइएको छ ।

आइतबार बिहान नेपाल आइपुगेका महासचिव गुटेरेस मंगलबार लुम्बिनीको अवलोकन सकेर संसदलाई सम्बोधन गर्न पुग्ने कार्यक्रम छ ।महासचिव गुटेरेस भोलि (बुधबार) फर्किनेछन् ।

  • १४ कार्तिक २०८०, मंगलवार ०८:४८ प्रकाशित