पहाडी क्षेत्रका केहीभागमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

  • १४ कार्तिक २०८०, मंगलवार ०७:२१ प्रकाशित