‘नेपाल जनभावना पार्टीका केन्द्रीय अध्यक्षका रूपमा पनि उनी चर्चित नै थिए । उनले चुनावको बेला गाडी माथि छतमा बसेर भाषण गरेको दृश्य धेरैले विर्सेका पनि छैनन् । न त उनले २०५६ सालमा जिल्ला शिक्षा अधिकारीलाई तँ पशु होस् तसर्थ लौ घास खाऊ भनेर टेवलमा घाँस राखिदिएका घटना । उनी गीत गाएर मत माग्दथे । नेपाली काङ्ग्रेसमा धेरै वर्ष विताएका विखर्चीले आफ्नो भाऊ नपाएपछि नेपाल जनभावना पार्टी खोले । जनभावना पार्टीको पनि दाउ नचलेपछि उनी नेपाल कम्युनिष्ट पार्टी एमाले पसेर सिंगो जनभावना पार्टीलाई नै समाहित गराए । भनिन्छ पुरस्कार स्वरूप अहिले उनी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति पदमा आसिन छन् ।’
गण्डकी प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्यबहादुर खड्का विखर्चीलाई पोखरामा नचिन्ने प्राय कमै व्यक्ति होलान् । प्राय विखर्ची भन्नासाथ सबैले उनै सूर्यबहादुर सम्झन्छन् । जो बहुरुपी विखर्ची उपनामले चिनिन्छन् । नेपाल जनभावना पार्टीका केन्द्रीय अध्यक्षका रूपमा पनि उनी चर्चित नै थिए । उनले चुनावको बेला गाडी माथि छतमा बसेर भाषण गरेको दृश्य धेरैले विर्सेका पनि छैनन् । न त उनले २०५६ सालमा जिल्ला शिक्षा अधिकारीलाई तँ पशु होस् तसर्थ लौ घास खाऊ भनेर टेवलमा घाँस राखिदिएका घटना ।
उनी गीत गाएर मत माग्दथे । नेपाली काङ्ग्रेसमा धेरै वर्ष विताएका विखर्चीले आफ्नो भाऊ नपाएपछि नेपाल जनभावना पार्टी खोले । जनभावना पार्टीको पनि दाउ नचलेपछि उनी नेपाल कम्युनिष्ट पार्टी एमाले पसेर सिंगो जनभावना पार्टीलाई नै समाहित गराए ।
भनिन्छ पुरस्कार स्वरूप अहिले उनी गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति पदमा आसिन छन् । मैले सूर्यबहादुर खड्का विखर्चीलाई पहिलोपटक २०४५ सालमा जन्माष्टमी शोभायात्रामा पुरै नाच्दै गाउँदै हिडेको देखेको हुँ ।
अत्यन्त जाँगरिला तर होचा कदका विखर्चीसँग पछि आत्मीय र प्रगाढ सम्बन्ध हुदै गयो । कुलपति जस्तो गरिमामय पदका कारण उनलाई साहित्यिक कार्यक्रममा जान भ्याइ नभ्याई छ । उनले कुनै बेला संकल्प गरेका थिए हरेक वर्ष नयाँ पुस्तक छाप्न सकिन भने दशै नै मनाउन्न । उनको संकल्प अहिलेसम्म पुरा भएको छ । विखर्ची यसलाई परमात्माको असीम कृपा सम्झन्छन् ।
२०१२ साल असोज ३० गते आइतबार एकाविहानै जन्मिएका सूर्यबहादुर विखर्चीले सानै उमेर देखि स्वास्थमा विध्नवाधा झेल्नुपर्यो । दशैमा पिङ खेल्न जादा कति लडे लडे । नौ वर्षको हुँदा कुकुरले टोकेर साप्रोमा नराम्ररी प्वाल पारिदिए । जे जस्तो अवस्था झेल्नु परेपनि विखर्ची पढाइमा अव्वल थिए । उनी शुरुमै ३ कक्षामा भर्ना भए । चार नपढी पुन ५ कक्षामा भर्ना भए । विद्यालय प्राय शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा कविता सुनाउँनै आतुर हुन्थे ।
विखर्ची साहित्यिक कार्यक्रममा प्राय प्रथम र द्वितीय हुन्थे । त्यसबेला उनका प्रतिष्पर्धी हुन्थे – प्रकट पंगेनी ‘शिव’ । विखर्ची सानै देखि रोगी र कमजोर भएकाले आमाले उनलाई बलियो बनाउन झारफुक गर्ने देखि लिएर भूत पिचास पन्छाउन पनि बाँकी राखिनन् ।
विखर्चीले २०३० सालमा टेष्ट पास गरेता पनि एस। एल। सी भने २०३३ सालमा मात्र दिन पाए । त्यसपछि उनी विश्वशान्ति मा।वि।मा मुखियाको पदमा जागिरे भए । उनले गरेको अथक मेहनतबाट तत्कालीन हेडमाष्टर परशुराम क्षेत्री प्रभावित भए । त्यसबेला विद्यालयमा नाटक प्रदर्शन गर्ने क्रममा खाल्टोमा परेर विखर्ची नराम्ररी लडे । दाहिने गोडा दाउरा भाचिए झै भाचियो ।
एसएलसी पास भएपछि विखर्ची गाउँकै चन्द्रप्रभा माविमा शिक्षक बन्न पुगे । तयसबेला उनलाई एक अमेरिकी स्वयमसेवकले घोडा दिएका थिए । विखर्ची त्यही घोडा चढेर विद्यालय पढाउन गएको विखर्ची सम्झन्छन् – त्यो वायुपंखी घोडा थियो, अति छिटो दौडने । एक पटक धन्दै मलाई खसालेको भाग्यले जोगिएँ । २०३४ सालका विखर्चिको विवाह विष्णुमायासँग भयो । तर घरज्वाइ बस्न दवाव दिएकाले खटपट भयो । २०३५ सालमा हरिमाया सुवेदीसँग विवाह गर्ने बाध्य भए ।
विखर्चीले स्कुल पढाउदै प्राइभेट रूपमा २०३७ सालमा आइ।ए। पास गरे । २०३६ सालको जनमत सग्रहका बहुदलको पक्षमा खुलेरै लागे । शिक्षक आन्दोलनमा पनि होमिए । उनले त्यसबेला भने – जबसम्म शिक्षकका जायजमाग पुरा हुँदैन तबसम्म प्रजातन्त्र पुर्नस्थापना हुदैन । उनले एक दशकसम्म तत्कालीन सरकारको श्राद्ध गरी मुडुलो बसे ।
विखर्ची नेपाल शिक्षक संगठनको आन्दोलनमा काठमाडौ जाँदा समातिएर ११ दिन प्रहरी हिरासतमा रहे । पछि पोखरा ल्याइ विखर्ची र दीपक पौडेललाई चर्को यातना दिइयो । पछि शिक्षक आन्दोलन सफल भयो । सरकारले नराम्ररी घुडा टेक्यो ।
वि।सं। २०३२ सालमै रणेको जीवन उपन्यास लेखेका विखर्चीले आफ्नो साहित्यिक यात्रालाई जारी राख्दै २०३७ सालमा विरे र पातली खण्डकाव्य छापे । जो सर्वाधिक लोकप्रिय रहयो । २०४० सालमा फूल फूल्यो रुखको डालीमा छापे भने २०४१ सालमा लेखनाथ स्मृति खण्डकाव्य लेखे । २०४१ सालमा भारतमा पुस्तक छपाउन जादा उनको खल्ती रित्तो भयो । उनी विखर्ची बने । उनले सो पीडा जीवनमा कहिल्यै भुल्न सकेनन् र विखर्ची उपनाम राखे । जो अहिलेसम्म जिवितै छ ।
२०४३ सालको आम निर्वाचनमा विखर्ची पनि राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवार बने । उनी त्यसबेला काँधमा माइक बोकेर गति गाउँदै भाषण गर्दै हिड्थे । शायद यही क्रममा उनले धेरै गीत सृजना गर्ने मौका पाए । चुनावमा हारेपछि विखर्ची धादिङ निगालापानीको चण्डेश्वरी मा।वि।मा शिक्षक हुन पुगे । पछि उनले हेडमास्टरको जिम्मेवारी पनि सम्हाले । ०४५ सालमा विखर्ची माउन्ट अन्नपूणर् स्कुलमा शिक्षक बने । त्यसबेला उनले वि।ए।को प्राइभेट परिक्षा पास गरिसकेका थिए । ०४६ सालको जनआन्दोलनमा उनी ४९ दिन थुनिए । बहुदल प्राप्त भईसके पछि पोखरामा हुने राजनैतिक दलको कार्यक्रममा विखर्ची कवितावाचन गर्न पछि पर्दैनथे ।
नेपाली कांग्रेसका उम्मेदवरलाई जिताउन गीत मार्फत उनी लागि पर्दथे । ०४८ सालमा उनले शारदा बोर्डिङ स्कुल खोले नदिपुरमा । सोही वर्ष उनले प्राइभेट रूपमा स्नातकोत्तर पढाइ पुरा गरे । ०५१ सालमा पृथ्वीनारायण क्याम्पसमा आंशिक शिक्षकका रूपमा नियुक्ति पाए । ०५४ सालमा उनले पखालिएको सिउदो नाटक प्रदर्शन गरे क्षेत्रिय नाटक महोत्सबमा । उनले थुप्रै गीत रचना गरेका छन् ।
प्याब्सन कास्की पूर्व अधयक्ष विखर्चीले आफ्नो जीवनमा कहिल्यै नविर्सने घटना सुनाए । ०५६ सालको चैत्र महिनाको घटना हो – आफ्नो विद्यालयलाई कक्षा दशसम्मको स्वीकृति माग्न जाँदा तत्कालीन जिल्ला शिक्षा अधिकारी हरिश्चन्द्र यादवले आर्थिक सहयोग माग गर्नुको साथै विभिन्न वहाना र मानसिक यातना दिएकाले आक्रोशित भइ विखर्चीले उनलाई तँ पशु होस् तसर्थ लौ घाँस खाऊ भनी टेवलमा घास राखिदिएको घटनाले राष्ट्रिय पत्रपत्रिका एवं सञ्चार माध्यममा निकै स्थान पाएको थियो । यस घटनाको लगत्तै सम्बन्धित निकायबाट उनले थप दश कक्षासम्मको स्वीकृति पाए । बिखर्चीले प्रधानमन्त्री पदका लागि पनि निवेदन हाले तर तत्कालीन राजाले उनको होचो कद देखेर होला पत्याएनन् ।
नेपाल जनभावना पार्टीलाई विखर्चीले एमालेमा विलप गराए । ०७८ वैशाख १४ गते उनी गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त भए । उनी अहिले भाषा, संस्कृति कला संगतिको विकासमा दत्तचित्त छन् । लामो समयसम्म शिक्षण पेशा, साहित्यको सृजनामा क्रियाशिल विखर्चीका हालसम्म करिब ६० पुस्तक प्रकाशित छन् । विभिन्न पुरस्कारबाट पुरस्कृत एवं सम्मानित छन् । दजर्नौ साहित्यिक संघसंस्थामा आवद्ध विखर्ची पछिल्लो पटक ०७७ सालमा राष्ट्रपतिबाट प्रवल जनसेवा पदक पनि पाए ।