कम्बोडियामा तीन हजार करोड रोखेको पत्ता लगाइदिए थप एक हजार बक्सिस् दिन्छु : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

file Photo

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टी विरुद्ध विभिन्न खालका अफवा फैलाइएको टिप्पणी गरेका छन् । सोमबार गण्डकी प्रदेश समितिको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पछिल्लो समय कम्वोडियाको एउटा दुर सञ्चार संस्थामा तीन हजार करोड केपी ओलीको लगानी छ भनेर हल्ला गरिएको उनले बताए ।

तीन वर्ष अगाडि नेपालले आफ्नो जमिन समेटेर बनाएको नक्साको विषयलाई सहन नसकेर भारतीय जी न्युज च्यानलले  प्रतिसोधमा भनेको कुरालाई अहिले उचालिएको उनले सुनाए । ‘तीन वर्ष अगाडि भारतीय न्युज च्यानल जी न्युजले प्रतिसोधमा केपी ओलीको कम्बोडियामा तीन हजार करोड लगानी छ भन्यो । पछि सबैले आलोचना गरेपछि उसले माफी मागिसक्यो । अहिले तीन वर्षपछि त्यसलाई फेरी यहाँ उचालिँदैछ ।’ उनले भने, ‘यो सबै एमाले र मेरा विरुद्ध विरुद्धको सड्यन्त्र हो । म फ्रिमा पैसा कमाउने अफर दिन चाहन्छु कसैले कम्बोडियामा मेरो लगानी पत्ता लगाइदियोस् मैले त्यसमा एक हजार रुपैयाँ थपेर बक्सिस् दिन्छु ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ‘राज्यको ढुकुटीबाट एक पैसा पनि आफूले मास्छ र बैमानी गर्छ भने त्यो अपराध हो’ भनेका छन् । राज्यको पैसा कसैले दुरुपयोग गर्छ भने त्यसलाई खोजिनुपर्ने पनि उनले बताए ।

फरक प्रसंगमा उनले आफ्नो पार्टीको बलले संविधानमा समाजवाद उन्मुख लेख्न सफल भएको दाबी गरे । कांग्रेसलाई समाजवाद शब्द सुन्दा नै १०३ डिग्रीको ज्वारो आउने उनको टिप्पणी थियोे । उनले नेकपा एमालेले आगामी निर्वाचनमा हरेक वडामा ५१ प्रतिशत मत ल्याउनुपर्ने बताए । त्यसका लागि एमाले अनुशासित र एकतावद्ध भएर लाग्नुपर्ने उनको भनाई छ । उनले एकताले नै पार्टी सफल हुने धारणा राखे । सबै नेता कार्यकर्तालाई उनले एकतामा जोड दिए । कम्युनिष्ट नेता कार्यकर्तामा घमण्ड पस्न नहुने उनले बताए ।

  • १३ कार्तिक २०८०, सोमबार १६:५३ प्रकाशित