संसद्को संयुक्त बैठक भोलि चार बजे, महासचिव गुटरेसले सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

काठमाडौँ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने प्रयोजनका लागि संघीय संसद्को संयुक्त बैठक बस्ने समय मंगलबार अपराह्न ४ बजेलाई तोकिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शमा मंगलबार ४ बजेका लागि बैठकको समय निर्धारण गरेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जनाएका छन् ।

गौतमले सोमबार जारी गरेको सूचनामा कात्तिक १४ गते चार बजे बैठक बस्ने उल्लेख छ । उनका अनुसार संयुक्त बैठक नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित प्रतिनिधि सभा बैठक कक्षमा बस्नेछ ।

महासचिव गुटरेस चार दिने नेपाल भ्रमणका लागि आइतबार नेपाल आएका हुन् । गुटरेस आज पोखरा आएका छन् । उनी बुधबार फर्कदैछन् ।

  • १३ कार्तिक २०८०, सोमबार १५:५० प्रकाशित