गोली प्रहारबाट घाइते प्रधानाध्यापक सरार्फको ज्यान गयो

केन्द्रभाग मिडिया

बारा ।

गोली प्रहारबाट घाइते भएका बारा जिल्लास्थित बाल एकता इङिलस बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश सरार्फ ९गुड्डु० को ज्यान गएको छ । बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार सर्राफको उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा ज्यान गएको हो ।

सोमबार दिउँसो सर्राफलाई २ वटा मोटरसाईकलमा आएका ४ जनाको समूहले गोली हानेको थियो । कलैया–६ मदर्शा टोलमा सर्राफमाथि गोली प्रहार भएपछि उनलाई उपचारका लागि कलैया अस्पताल हुदै वीरगञ्जको बयोधा अस्पताल लगिएको थियो ।

  • १३ कार्तिक २०८०, सोमबार १५:०० प्रकाशित