अभ्यासको क्रममा दिपेन्द्रसिंह ऐरी घाईते : टी–२० विश्वकप छनोटका सबै खेल गुमाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

क्रिकेटर दिपेन्द्र सिंह ऐरीले टी–२० विश्वकपको एसियाली छनोटका सबै खेल गुमाउने संभावना बढेको छ ।

सोमबार सिंगापुरसँगको खेलअघि अभ्यास गर्ने क्रममा ऐरीको गोलीगाँठोमा चोट लागेको थियो । त्यसैले उनको ठाउँमा सिंगापुरसँगको खेलमा विवेक यादवलाई प्लेइङ ११ मा राखिएको थियो ।

ऐरीलाई घाइते भए लगत्तै उपचारका लागि मेडसिटी अस्पताल लगिएको थियो । अस्पतालबाट उनी ब्यान्डेज बाँधेर र बैशाखी टेकेर त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा फर्केका थिए ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले भोलि दिउँसो सवा १ बजे मलेसियासँग खेल्ने छ ।

  • १३ कार्तिक २०८०, सोमबार १३:५२ प्रकाशित