काठमाडौँ ।
भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको ज्यान गएको छ ।
उक्त दुर्घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् ।ञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेशको विजयनगरमा आइतबार राति विशाखापट्टनम–पालासा यात्रुवाहक रेल र विशाखामट्टनम–रायगढा यात्रुवाहक रेल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
रेलमन्त्री अश्विनी वैष्णवका अनुसार उद्धार कार्य जारी छ । दुवै रेल एउटै लिकमा हिँडेका कारण दुर्घटना भएको बताइएको छ ।