टी-२० विश्वकप छनोट

नेपाल र सिंगापुरबीचको खेल जारी : नेपालले पायो १ सय ४६ रनको लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौँ ।टी – २० विश्वकप छनोट अन्तर्गत भएको खेलमा नेपालले सिंगापुरबाट १४६ रनको लक्ष्य पाएको छ ।

सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले जितका लागि एक सय एक सय ४६ रनको लक्ष्य पाएको हो ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको हो ।नेपाली टोलीका बलर अविनाष बोहराले तीन विकेट लिए । करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले पनि दुई—दुई विकेट हात लिए भने

सिंगापुरको पहिलो विकेट नेपाल बलर करण केसीले लिएका थिए । उनले पहिलो ओभरको दोस्रो बलमा सिंगापुरका ओपनर ब्याट्सम्यान अरित्रा दत्तलाई बोल्ड गरेका थिए ।
सिंगापुरको दोस्रो विकेट नेपालका अनुभवी स्पिनर सन्दीप लामिछानेले लिएका थिए ।

यसैगरी सिंगापुरको तेस्रो र चौथो विकेट गुल्सन झाले लिएका थिए। यस्तै सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका थिए । ।

  • १३ कार्तिक २०८०, सोमबार १०:५६ प्रकाशित