पोखरा बस दुर्घटना अपडेट : घाईते ३ जनाको अवस्था गम्भिर (यात्रुको नामसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको सिटी बस दुर्घटनामा घाईते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालले जनाएको छ ।

बसमा १२ पुरुष र २३ महिलागरि जम्मा ३५ यात्रु सवार रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जानकारी दिएको छ । बसमा सवार यात्रुमा २८ जनाको स्वास्थ्य अवस्था सामान्य, ४ जनाको र तीन जना गम्भिर रहेको अस्पतालले जनाएको छ । यसअघि ट्राफिक कार्यालयले बसमा अनुमानित ३० यात्रु सवार रहेको र ११ जना घाईते रहेको बताएको थियो ।

ग १ ख ८५८५ नम्बरको बस घुम्तीमा ब्याक हुँदा दुर्घटना भएको थियो । बस दुर्घटना हुँदा घाइते भएका सात जना मध्य उत्तम बहादुर गुरुङ, रिमा कार्की र बुद्धिराज सुवेदीको अवस्था गम्भिर रहेको छ ।

घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बसमा सवार यात्रुको नामावलीसहित

काठमाडौंका नारान भट्टराई, पोखरा १७ कि अनिता थापा, पोखरा १५ बिनिता न्यौपाने, पोखरा १७ की सीता शर्मा, पोखरा १७ का उत्तम बहादुर गुरुङ, पोखरा ३१ का सुस्मिता तिवारी, पोखरा १५ का बिशाल न्यौपाने,पोखरा २६ का अजय त्रिपाठी, काठमाडौंका सुसान पौडेल, पोखरा ८ का विनम शेर्पा, पोखरा ८ की सीता शेर्पा, काठमाडौंकी रेखा बस्नेत, काठमाडौंका समर बस्नेत, काठमाडौंकी बिनिता पराजुली, मञ्जली सुनार, चन्द्रमा पौडेल, काठमाडौंका प्रभा पराजुली, तनहुँ ९ की तारा पराजुली, तनहँु ९ की सुरक्षा रिमाल, काठमाडौंका चन्द्र प्रसाद पराजुली, पोखरा १७ की गीता गुरुङ, पोखरा १७ की राधिका थापा, काठमाडौंका सुरेश निरौला, काठमाडौंका इसु निरौला, काठमाडौंकी रीमा कार्की, पोखरा ३१ क बुद्धिराज सुवेदी, पोखरा १७ की रेवती कार्की, तनहुँ ९ की ग्रेसी थापा, तनहु ९ की कल्पना सिग्देल, काठमाडौंका बिबेक शर्मा, काठमाडौंकी रोशनी बस्नेत, पोखरा ७ की सीता गुरुङ, पोखरा १७ की सृष्टी गुरुङ, पोखरा १७ का सुवाश गुरुङ र पोखरा १७ कै दक्षता गुरुङ रहेका छन् ।

  • १२ कार्तिक २०८०, आईतवार १६:३३ प्रकाशित