काठमाडौं ।
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका एकजना नेपाली सैनिक इजरायलसँगको सीमावर्ती दक्षिणी लेबनानमा गोली लागेर घाइते भएका छन्।
घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन। दक्षिणी लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएका ती नेपाली शान्ति सैनिक घाइते भएका हुन्।
त्यस क्षेत्रमा हिज्बुल्लाह सक्रिय छ। इरान समर्थित उक्त सिया इस्लामिस्ट राजनीतिक पार्टी तथा अर्धसैनिक संगठन-इजरायलबीच ७ अक्टोबरयता कैयनपटक रकेट हानाहाना भएको छ।
त्यहाँ विकसित हुन सक्ने तनावलाई लिएर अमेरिकासहितका पश्चिमा देशहरूले आफ्ना नागरिकलाई देश छाड्न भनिसकेका छन्।त्यहाँ झण्डै १० हजार नेपाली श्रमिकहरू समेत काम गर्छन्।














